अत्यावश्यक लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द


काठमाडौँ। यातायात व्यवस्था विभागले अध्ययन, रोजगारी र शान्ति मिसनका लागि अत्यावश्यक मानिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ अनिश्चितकालका लागि बन्द गरेको छ।

विभागले आइतबार सूचना प्रकाशित गर्दै २५ वैशाखदेखि प्रिन्टिङ प्रणालीमा समस्या आएपछि सेवा बन्द गर्नुपरेको जनाएको हो।

‘विदेश अध्ययन, रोजगारी, शान्ति सेना मिसन तथा गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र प्रदान गर्दै आएकोमा प्राविधिक समस्या आएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि छपाइ सेवा स्थगित गरिएको छ,’ विभागले जनाएको छ।

यस निर्णयका कारण तत्काल विदेश जानुपर्ने नागरिकहरू प्रभावित हुने सम्भावना देखिएको छ।

 

२०८२ बैशाख २८, आईतवार १४:३३ प्रकाशित
ट्रेन्डिङ समाचार