काठमाडौँ । नेकपा (एमाले)को राष्ट्रिय भेला आज काठमाडौँको थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा सुरु हुँदै छ। भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै छन्।
भेलाको उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगिसकेका छन्। भेलामा सहभागी प्रतिनिधिहरूको हाजिरी तथा परिचयपत्र वितरण भइरहेको छ।
भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचस्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठसमेत सहभागी छन्।
राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिन, पार्टीको राजनीतिक कार्यदिशामा एकरूपता कायम गर्न तथा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको एमालेले जनाएको छ।
भेलामा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा, पार्टीका आगामी रणनीति, निर्वाचनको तयारी तथा केन्द्रीय कमिटीका निर्णय कार्यान्वयनबारे छलफल हुनेछ।
भेलालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया