रसुवाबाट ४४९ जनाको हवाइ उद्धार


काठमाडौं । रसुवा बाढीबाट प्रभावित ४४९ जनालाई नेपाली सेनाले शुक्रबार हेलिकप्टरमार्फत हवाइ उद्धार गरेको छ।

सेनाका अनुसार शुक्रबार मध्यान्ह १२ः२० बजेसम्म १३ भारतीय र ४ जर्मन नागरिकसहित ४४९ जनाको उद्धार गरिएको हो। बाढी प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि नेपाली सेनाका करिब ४ हजार ५ सय फौज परिचालन गरिएको छ।

सेनाले बाढी प्रभावित क्षेत्रमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम जारी रहेको जनाएको छ।

२०८३ भाद्र १२, शुक्रबार १४:५८ प्रकाशित
ट्रेन्डिङ समाचार