बाढीपीडितको उद्धार र राहतमा सरकारलाई दलहरूको साथ


काठमाडौँ । सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको सर्वदलीय बैठक सुरु भएको छ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरू सहभागी छन्।

बैठकमा तिब्बततर्फबाट आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षति तथा उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ।

दलहरूले विपद्को अवस्थामा सरकारलाई आवश्यक सहयोग गर्ने र उद्धार तथा राहतका काममा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

२०८३ भाद्र ११, बिहीबार १०:०१ प्रकाशित
ट्रेन्डिङ समाचार