बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो


काठमाडौं । रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या १६५ पुगेको छ। बिहीबार बिहान सवा ८ बजेसम्म विभिन्न जिल्लाबाट १६५ जनाको शव फेला परेको सरकारी तथ्यांकले देखाएको छ।

सबैभन्दा धेरै चितवनमा ६५ जनाको शव फेला परेको छ। धादिङमा २७, पूर्वी नवलपरासीमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, पश्चिम नवलपरासीमा ५ र रसुवामा २ जनाको शव भेटिएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। उद्धार र राहतलाई प्रभावकारी बनाउन सर्वदलीय बैठकसमेत सुरु भएको छ।

२०८३ भाद्र ११, बिहीबार ०९:५३ प्रकाशित
ट्रेन्डिङ समाचार