काठमाडौं । रसुवामा आएको बाढीमा परी घाइते भएका १६ जनाको नुवाकोटस्थित त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाका अनुसार घाइतेमध्ये ८ पुरुष र ८ महिला छन्। उनीहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
२०८३ भाद्र ११, बिहीबार ०८:५९ प्रकाशित


