काठमाडौं उपत्यकामा ७ स्थानबाट एलपी ग्यास बिक्री


काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ।

निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री गरिनेछ। ग्यास खरिदका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन्।

२०८३ श्रावण ३१, आईतवार ०८:०२ प्रकाशित
ट्रेन्डिङ समाचार