कांग्रेस इतर समूहको भेला अब ‘राष्ट्रिय सम्मेलन’


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको नाम परिवर्तन गरी ‘राष्ट्रिय सम्मेलन’ राखिएको छ।

शनिबारदेखि सुकेधारास्थित मिराकल पार्टी भेन्युमा सुरु भएको बन्दसत्रका क्रममा भेलाको ब्यानरसमेत परिवर्तन गरिएको हो। नयाँ ब्यानरमा ‘राष्ट्रिय सम्मेलन’ उल्लेख गरिएको छ।

समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पार्टी विधानले ‘राष्ट्रिय भेला’लाई नचिन्ने भएकाले कार्यक्रमको नाम परिवर्तन गरिएको हो। विधानले अधिवेशन, महाधिवेशन र सम्मेलनलाई मात्र मान्यता दिने भएकाले जारी कार्यक्रमलाई ‘राष्ट्रिय सम्मेलन’ भनिएको उनले बताए।

अदालतबाट पुनरावलोकनको निस्सा प्राप्त भएपछि वैधानिकताको दाबी कायम रहेकाले अब विधानअनुसारकै छलफल अघि बढाउन सम्मेलन नामकरण गरिएको विश्वकर्माको भनाइ छ।

२०८३ श्रावण ३०, शनिबार १८:४६ प्रकाशित
ट्रेन्डिङ समाचार