सर्वोच्चबाट न्याय पाउनेमा देउवा विश्वस्त


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।

शुक्रबारदेखि सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्र चरम विवाद बढेको बताए। विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धति मिच्ने काम भएको उनको आरोप छ।

पार्टीको आधिकारिकता विवादसम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरावलोकनको अवस्थामा रहेकाले आफूले थप टिप्पणी नगर्ने बताउँदै देउवाले अदालतबाट न्याय हुनेमा आफू विश्वस्त रहेको धारणा राखे।

२०८३ श्रावण २९, शुक्रबार २०:१२ प्रकाशित
ट्रेन्डिङ समाचार