कसैको निरंकुशता स्वीकार नगर्ने,पार्टी एक हुनेमा विश्वस्त छु : शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजित मनस्थितिबाट गुज्रिए पनि कांग्रेसलाई एकढिक्का बनाउन आफूहरू सफल हुने विश्वास व्यक्त गरेका छन्।

शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देशका लागि पनि कांग्रेस एकढिक्का हुन आवश्यक रहेको बताए।

‘नेपाली कांग्रेस हामी मिलाउँछौं, मिल्छ भनेर। मलाई विश्वास छ नेपाली कांग्रेस एकढिक्का हुन्छ,’ उनले भने।

कोइरालाले कांग्रेसले सधैं सबैलाई मिलाएर अघि बढेको उल्लेख गर्दै पार्टीले कसैको निरंकुशता स्वीकार नगर्ने बताए।

२०८३ श्रावण २९, शुक्रबार १९:११ प्रकाशित
ट्रेन्डिङ समाचार