काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताएका छन्। भेलाका संयोजकसमेत रहेका कोइरालाले कांग्रेस एकताबद्ध भए कसैले पनि पराजित गर्न नसक्ने बताए।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेको र पार्टी उहाँकै नेतृत्वमा अघि बढ्ने स्पष्ट पारे। कोइरालाले बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको प्रसंग उल्लेख गर्दै देउवा भाग्यमानी नेता भएको समेत बताए।
‘नेपाली कांग्रेसलाई एकजुट बनाउनु मेरो कर्तव्य हो। एकजुट भएको खण्डमा कसैले पनि पराजित गर्न सक्दैन। मुख्य उद्देश्य यही हो,’ कोइरालाले भने।
२०८३ श्रावण २९, शुक्रबार १८:५० प्रकाशित


