यस्तो छ निराशा र आक्रोश
पूर्वाधार विकास र परराष्ट्र बाहेक प्राय सबै मन्त्रालयको दरबन्दि चाहिने भन्दा बढि संख्यामा कटौती भएपछि वृत्ति विकासको मुखमा रहेका सहसचिव, उपसचिव, शाखा अधिकृत, सुब्बा र खरिदारहरु चरम निराशामा परेका छन् । ‘कैयौ कर्मचारी बढुवाको मुखमा थिए तर अनावश्यक दरबन्दि कटौतीले वृत्ति विकासमा गम्भीर धक्का लागेको छ । ’सरकारका एक सहसचिवले प्रशासनपोस्टसँग भने ।
कतिपय मन्त्रालय र निकायमा मुख्य म्यानेजरका रुपमा रहेका कार्यालय प्रमुखहरु समेत बढि दरबन्दि कटौतीले विलखबन्दमा परेका छन् । ‘यो लेवलको दरबन्दि कटौतीले वृत्ति विकासका सबै वाटाहरु बन्द भएको छ, यो आम कर्मचारीको लागि गम्भीर दुर्घटना जस्तै हो । कतिपय निकायमा कार्यसम्पादनमा नै असर पर्ने गरी दरबन्दि कटौती गर्न लगाईको भन्दै सरकारकै सचिव, सहसचिव, महानिर्देशक तथा कार्यालय प्रमुखहरु रुष्ट र आक्रोशित बनेका छन् । ‘अहिले सार्वजनिक प्रशासनमा बहुपक्षीय हमला भइरहेको छ , यो सरकारको आत्मघाती कदम हो । ’ सार्वजनिक प्रशासन नै किन यसरी चौतर्फी हमलाको सिकार भयो भन्ने कुरा गम्भीर चिन्ताको विषय हो । ’एक सहसचिवले आक्रोश व्यक्त गरे ।

