तमोर करिडोरमा ट्रक दुर्घटना, आगलागीमा एकको मृत्यु


काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोरमा सोमबार राति हाइड्रोपावर आयोजनाका सामग्री बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२०८३ श्रावण १२, मंगलवार ०८:२८ प्रकाशित
ट्रेन्डिङ समाचार