मनसुन सक्रिय, आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारी रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ भने लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले वर्षासँगै हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

२०८३ श्रावण १२, मंगलवार ०७:१५ प्रकाशित
ट्रेन्डिङ समाचार