काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको आइफोन लुट्ने उद्देश्यले आफ्नै साथीहरूले हत्या गरेको प्रहरीले जनाएको छ। साउन १ गते जन्मदिन मनाउन घरबाट निस्किएका लजिन नौ दिनपछि मनखोलामा मृत अवस्थामा फेला परेका थिए।
घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मादक पदार्थ सेवनपछि आइफोनको विषयमा विवाद हुँदा कुटपिट र ढुङ्गा प्रहारबाट लजिनको मृत्यु भएको थियो।
२०८३ श्रावण १०, आईतवार १२:२५ प्रकाशित

