प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको आर्थिक विकासका लागि नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ। शनिबार अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले सरकारले उद्योगमैत्री नीति लागू गरेको र लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सकिने बताउनुभयो।

साथै, एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालनजस्ता योजनामार्फत प्रवासी नेपालीको लगानी विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

 

 

 

 

 

२०८३ श्रावण १०, आईतवार १०:५६ प्रकाशित
ट्रेन्डिङ समाचार