प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार सडकमा


काठमाडौं ।  नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

महासंघले सरकारले प्रेसमैत्री नीति अवलम्बन गर्न, सञ्चारमाध्यममाथिको दबाब अन्त्य गर्न, सरकारी विज्ञापन वितरणलाई पारदर्शी बनाउन, श्रमजीवी पत्रकार ऐन प्रभावकारी रूपमा लागू गर्न तथा पत्रकारको सामाजिक सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। साथै, संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्दै सरकारका प्रतिकूल नीतिहरू फिर्ता लिन आग्रह गरेको छ।

२०८३ श्रावण ९, शनिबार २०:१८ प्रकाशित
ट्रेन्डिङ समाचार