काठमाडौं । नेकपा (एमाले) र नेकपाबीच प्रदेश सरकार गठन तथा नेतृत्व बाँडफाँडसम्बन्धी सहमति सार्वजनिक भएको छ। सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने उल्लेख गरिएको छ।
मधेश र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ। प्रदेश सरकारमा स्थिरता, सुशासन र विकासलाई प्राथमिकता दिने उद्देश्यले गरिएको उक्त सहमतिमा दुवै दलका शीर्ष नेताको हस्ताक्षर रहेको जनाइएको छ।

२०८३ श्रावण ९, शनिबार १९:०५ प्रकाशित

