कारभित्र जलेको अवस्थामा महिलाको शव फेला


काठमाडौं । तारकेश्वर नगरपालिका–९ साङ्गला–पटापु क्षेत्रमा पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको छ। स्थानीयले कारबाट धुवाँ निस्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ भने हत्या, आत्महत्या वा अन्य कारणमध्ये कुन हो भन्ने विषयमा फरेन्सिक, डिजिटल तथा भौतिक प्रमाणका आधारमा अनुसन्धान भइरहेको जनाएको छ। हालसम्म घटनामा कुनै व्यक्तिलाई नियन्त्रणमा लिइएको वा आपराधिक घटनाको पुष्टि भएको छैन।

२०८३ श्रावण ९, शनिबार १९:२३ प्रकाशित
ट्रेन्डिङ समाचार