काठमाडौँ । कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ रहेका ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिने भएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रभावित परिवारको सुरक्षा सुनिश्चित गर्न तत्काल स्थानान्तरणको निर्णय गरेको जनाएको छ। समितिका अनुसार बाढीका कारण जोखिम बढेपछि सबै परिवारलाई सुरक्षित स्थानमा सारेर आवश्यक व्यवस्थापन गरिनेछ।