काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शनिबार अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो र राति धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार दिउँसो पोखरामा सबैभन्दा बढी ८० प्रतिशत वर्षाको सम्भावना छ। काठमाडौँ, धनकुटा, जिरी र ताप्लेजुङमा ७० प्रतिशत तथा अन्य धेरै सहरमा ६० प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको छ।
राति पनि पोखरामा ७० प्रतिशत वर्षाको सम्भावना रहेको छ भने काठमाडौँसहित विभिन्न स्थानमा ६० प्रतिशतसम्म वर्षा हुन सक्नेछ। जुम्ला, जोमसोम र जनकपुरमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तापक्रमतर्फ दिपायलमा सबैभन्दा बढी ३४ देखि ३६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने जोमसोममा सबैभन्दा कम १४ देखि १६ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम रहनेछ।



