काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने र केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
२०८३ असार २७, शनिबार ०७:३६ प्रकाशित



