सांसद विश्वकर्माद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग


काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले सरकारको व्यवहारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्।

उनले आगोमा जलिरहेका नेपालीलाई प्रहरीले अपराधीझैं घिसारेर अस्पताल पुर्‍याएको आरोप लगाउँदै घटनामा संलग्न ट्राफिक प्रहरी, नगर प्रहरी र अन्य सुरक्षाकर्मीमाथि कडा कारबाही गर्न माग गरे।

विश्वकर्माले सरकारको कार्यशैलीलाई ‘क्रुर’ भन्दै नैतिकता भए प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए।

२०८३ असार २६, शुक्रबार १५:४० प्रकाशित
ट्रेन्डिङ समाचार