हवाई इन्धन सस्तो, आन्तरिक उडानको फ्यूल सरचार्ज घट्यो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्यमा आएको कमीअनुसार आन्तरिक उडानको फ्यूल सरचार्ज घटाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि प्राधिकरणले नयाँ फ्यूल सरचार्ज बुधबारदेखि लागू गरेको हो।
नयाँ दरअनुसार विभिन्न आन्तरिक रुटमा फ्यूल सरचार्ज अधिकतम २ हजार ३३५ रुपैयाँसम्म घटेको छ। यससँगै यात्रुले तिर्नुपर्ने कुल हवाई भाडामा पनि कमी आउने भएको छ। प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई नयाँ दरअनुसार मात्रै भाडा लिन निर्देशन दिँदै तोकिएको अधिकतम भाडादरभन्दा बढी शुल्क लिन नपाइने जनाएको छ।