२३ स्थानीय तहलाई मन्त्रालयको तीनदिने स्पष्टीकरण


काठमाडौं।  आर्थिक वर्ष २०८३/८४ को बजेट कानुनले तोकेको समयभित्र सभामा पेस नगरेका २३ स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण मागेको छ।

मन्त्रालयले बजेट ढिलाइको कारण, हालको प्रगति र सभाको आगामी कार्यतालिका तीन दिनभित्र पठाउन निर्देशन दिएको छ। मन्त्रालयले स्थानीय तहमा बजेट प्रक्रिया समयमै सम्पन्न गराई कानुनी व्यवस्था कार्यान्वयन गराउने उद्देश्यले यो कदम चालिएको जनाएको छ।

२०८३ असार १७, बुधबार १६:४७ प्रकाशित
ट्रेन्डिङ समाचार