काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन लोकतान्त्रिक व्यवस्था, सुशासन र जनअधिकारलाई थप सुदृढ बनाउने उद्देश्यका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ।
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभवका आधारमा आवश्यक सुधारका लागि राष्ट्रिय विमर्श आवश्यक रहेको उल्लेख गर्दै संशोधन प्रक्रिया गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र बहुदलीय लोकतन्त्रजस्ता राष्ट्रिय उपलब्धिलाई थप संस्थागत गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
२०८३ असार १६, मंगलवार २०:३५ प्रकाशित

