काठमाडौं । कोशी प्रदेश सरकारले स्तरोन्नत (अपग्रेड गरिएको) प्रांतीय PIS पोर्टलको डिजिटल पहुँच (Access) प्राप्त गरेको छ। राष्ट्रिय किताबखानाले विकसित गरेको नयाँ मोड्युल तथा फिचरहरू मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक श्रवणकुमार पोखरेलले प्रदेश सरकारका प्रदेश सचिव रामकृष्ण अधिकारीलाई हस्तान्तरण गर्नुभयो।
नयाँ प्रणालीमार्फत सम्पत्ति विवरण व्यवस्थापन, प्रादेशिक फाइलिङ प्रणाली तथा शिटरोल र सम्पत्ति विवरण दर्तापछि मोबाइलमा पुष्टि (Confirmation) सन्देश प्राप्त हुने सुविधा थपिएको छ। यसबाट अभिलेख व्यवस्थापन थप व्यवस्थित, छिटो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
महानिर्देशक पोखरेलका अनुसार स्तरोन्नत PIS Portal बाट कोशी प्रदेश सरकारअन्तर्गतका करिब २,५०० कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
२०८३ असार १६, मंगलवार १५:३१ प्रकाशित

