काठमाडौं । एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुँदैछ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ।
विशेष अदालतले अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएपछि पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका हुन्। उनीमाथि पदमा रहँदा गैरकानूनी लाभ लिएको तथा अपराधबाट सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गतसाता पक्राउ गरेको थियो।
२०८३ असार १६, मंगलवार ११:५२ प्रकाशित

