उपत्यकाका ३,३०३ सार्वजनिक सवारीमा क्यामेरा र जीपीएस जडान


काठमाडौँ ।  काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन हालसम्म ३ हजार ३०३ सार्वजनिक सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जीपीएस प्रणाली जडान गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सार्वजनिक सवारीमा यात्रुको सुरक्षा, सवारी व्यवस्थापन र प्रभावकारी निगरानीका लागि यी प्रविधि अनिवार्य गरिएको हो। ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको नियमित अनुगमनपछि यातायात व्यवसायीहरूले पनि प्रविधि जडानलाई प्राथमिकता दिएका छन्।

ट्राफिक प्रहरीका अनुसार क्यामेरा र जीपीएस प्रणालीले बढी भाडा असुली, यात्रुमाथिको दुर्व्यवहार तथा दुर्घटनासम्बन्धी विवाद नियन्त्रण गर्न सहयोग पुर्‍याउनेछ। आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा यस्तो प्रणाली अनिवार्य बनाउने योजना रहेको बताइएको छ।

२०८३ असार ९, मंगलवार २१:०१ प्रकाशित
ट्रेन्डिङ समाचार