रास्वपा महाधिवेशनको बन्दसत्र सुरु, निर्वाचन प्रक्रिया आजै अघि बढ्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्रको औपचारिक सुरुवात भएको हो।

बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। साथै महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक तथा उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

महाधिवेशन प्रतिनिधिको संख्याबारे सहमति जुट्न नसक्दा हिजोदेखि सुरु हुने भनिएको बन्दसत्र ढिलाइ भएको थियो। बन्दसत्रमा अनुशासन आयोगको प्रतिवेदन र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश गरिनेछ।

बन्दसत्र सम्पन्न भएपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ।

२०८३ असार ९, मंगलवार १५:५४ प्रकाशित
ट्रेन्डिङ समाचार