२४ घण्टामा २,६४१ सवारी चालक कारबाहीमा


काठमाडौं । उपत्यकामा गत २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ६ सय ४१ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २२ लाख ९६ हजार ५ सय ८ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा मादक पदार्थ सेवन गर्ने ७९, नियमविपरीत राइड सेयरिङ गर्ने १४७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १५४ तथा तीव्र गतिमा सवारी चलाउने १२२ चालक परेका छन्। साथै लेन अनुशासन उल्लङ्घन, निषेधित क्षेत्रमा हर्न बजाउने, सडकपेटीमा पार्किङ गर्ने, एकतर्फी सडकमा सवारी चलाउने तथा अन्य नियम उल्लङ्घन गर्नेहरूलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

२०८३ असार ९, मंगलवार १४:५७ प्रकाशित
ट्रेन्डिङ समाचार