(एमाले) का उपाध्यक्ष पौडेल म्याद थपका लागि विशेष अदालतमा उपस्थित


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकारण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेका पौडेललाई मंगलबार बिहान काठमाडौं ल्याएको थियो।

विभागले अनुसन्धानका लागि आवश्यक म्याद माग गर्दै पौडेललाई विशेष अदालतमा उपस्थित गराएको जनाएको छ। उहाँमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ। अदालतको आदेशपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

२०८३ असार ९, मंगलवार १५:४५ प्रकाशित
ट्रेन्डिङ समाचार