हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र


काठमाडौं ।  दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारी तीव्र बनेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक नीतिगत र प्राविधिक काम अघि बढाएको छ।

हाल पुराना मेसिन मर्मतका लागि प्रारम्भिक रूपमा ३३ लाख रुपैयाँ बजेट माग गरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको छ। नेपाली सेनाको प्राविधिक सहयोगमा गरिएको अध्ययनपछि तत्काल सञ्चालनयोग्य बनाउने तयारी भइरहेको छ।

दीर्घकालीन रूपमा उद्योग सञ्चालनका लागि करिब १ अर्ब ९३ करोड रुपैयाँ लागत र वार्षिक ७८ करोड रुपैयाँ सञ्चालन खर्च लाग्ने अनुमान गरिएको छ। सरकारले सरकारी निकायका पोशाक उत्पादन गर्दै स्वदेशी कपडा उत्पादनलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।

२०३२ सालमा स्थापना भएको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द थियो। अब सेनासँगको सहकार्य र नयाँ मोडालिटीमार्फत उद्योग पुनर्जीवित गर्ने सरकारको योजना अघि बढिरहेको छ।

२०८३ असार ९, मंगलवार १६:११ प्रकाशित
ट्रेन्डिङ समाचार