काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी प्रभाव रहेको छ भने अन्य भूभागमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा जारी रहने र केही स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
२०८३ असार ६, शनिबार ०८:०१ प्रकाशित

