चार प्रतिस्थापन विधेयक संसदमा ल्याउने सरकारको निर्णय


काठमाडौँ ।  सरकारले संघीय संसदमा चार वटा प्रतिस्थापन विधेयक पेस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा दर्ता गर्न स्वीकृति दिएको हो।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाका अनुसार सरकारले सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधनका लागि विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ। यी विधेयकमार्फत सम्बन्धित कानुनलाई समयानुकूल परिमार्जन गर्ने सरकारको तयारी रहेको छ।

२०८३ असार ५, शुक्रबार २०:३६ प्रकाशित
ट्रेन्डिङ समाचार