मौसम बदलीसँगै वर्षा र चट्याङको सम्भावना


काठमाडौँ ।

देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव जारी रहँदा आज अधिकांश क्षेत्रमा बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। केही स्थानमा मध्यम वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२०८३ जेष्ठ १६, शनिबार ०८:१४ प्रकाशित
ट्रेन्डिङ समाचार