लोकप्रिय नाराभन्दा लोकतन्त्र बलियो : ओली


काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबीचको अन्तर समाजले समयसँगै अनुभवबाट बुझ्ने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा जारी सन्देशमा उनले गणतन्त्रले नेपालीलाई ‘प्रजा’बाट सार्वभौम नागरिक बनाएको उल्लेख गर्दै स्थानीय सरकार, समावेशी प्रतिनिधित्व, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल सेवाजस्ता उपलब्धि गणतन्त्रकै देन भएको बताए।

उनले लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिले अधिनायकवाद बढ्ने खतरा रहने चेतावनी पनि दिएका छन्।

२०८३ जेष्ठ १५, शुक्रबार ०९:२० प्रकाशित
ट्रेन्डिङ समाचार