उत्तर भारतमा मौसमीय विपत्ति, ८० बढीको ज्यान गयो


काठमाडौँ ।

भारी वर्षा, हावाहुरी र चट्याङका कारण उत्तर भारतका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । सरकारी विवरणअनुसार ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

उत्तर प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ हजारौं रूख ढलेका छन् र घर तथा अन्य संरचनामा क्षति पुगेको छ । प्रयागराज जिल्लामा मात्रै करिब २० जनाले ज्यान गुमाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथ ले उद्धार तथा राहत कार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

२०८३ जेष्ठ २, शनिबार १०:४४ प्रकाशित
ट्रेन्डिङ समाचार