भोटेकोशी बाढीमा सेनाको उद्धार तीव्र


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावितको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टरसहित ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

सेनाका अनुसार बिहीबार ९७ जनाको उद्धार गरिएको छ। मैलुङ टनेलबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। जमिनबाट समेत ६३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

नुवाकोटदेखि चितवनसम्म २ हजारभन्दा बढी सैनिक खोज तथा उद्धार र राहत वितरणमा खटिएका छन्। प्रभावित क्षेत्रमा ११ वटा टोली र ११ वटा ट्रक परिचालन गरिएको छ। टिमुरेमा चार सटल राहत सामग्रीसमेत पुर्‍याइएको छ।

घाइतेहरूको उपचारका लागि नेपाली सेनाले त्रिशूलीमा मेडिकल टोली थप गरी उपचार सेवा सञ्चालन गरिरहेको जनाएको छ।

२०८३ भाद्र ११, बिहीबार ०९:२२ प्रकाशित
ट्रेन्डिङ समाचार