बाढी उद्धारमा २७ हेलिकप्टर परिचालन


काठमाडौं । बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धारका लागि २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् भने प्रभावित क्षेत्र आसपास थप ७ वटा हेलिकप्टर परिचालन गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित RCC बाट उद्धार कार्यको समन्वय भइरहेको छ। पर्यटनमन्त्री स्वयं RCC मा बसेर उद्धार तथा राहत कार्यको अनुगमन गरिरहेका छन्।

उद्धार आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

२०८३ भाद्र ११, बिहीबार ०९:०५ प्रकाशित
ट्रेन्डिङ समाचार