काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा तोकिएको छ।
युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर १०९ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ ५३ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ ३६ पैसा खरिददर तोकिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। यस्तै, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेटलगायत अन्य विदेशी मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।


