सोल पावरले पायो ‘बीबी’ र ‘ए४’ रेटिङ

काठमाडौं । १०० मेगावाट क्षमताका सौर्य आयोजना निर्माण गरिरहेको गोल्यान समूहको सोल पावर लिमिटेडले बैंक कर्जाका लागि ‘केयर–एनपी बीबी’ र ‘केयर–एनपी ए४’ रेटिङ पाएको छ।

केयर रेटिङ्स नेपालले कम्पनीको ५ अर्ब ४५ करोड ७० लाख रुपैयाँ दीर्घकालीन बैंक कर्जाका लागि ‘केयर–एनपी बीबी’ र २५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘केयर–एनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको हो।

कम्पनीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच स्थानमा कुल १०० मेगावाट क्षमताका पाँचवटा सौर्य आयोजना निर्माण गरिरहेको छ। यी आयोजनाको कुल अनुमानित लागत ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ रहेको छ। लगानीको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट जुटाउने योजना छ।

रेटिङ एजेन्सीका अनुसार गत चैतसम्म परियोजनाको वित्तीय प्रगति करिब १५ प्रतिशत मात्र रहेको छ। आयोजना समयमै सम्पन्न गर्न नसके लागत बढ्ने तथा सञ्चालनपछि अपेक्षित विद्युत् उत्पादन हुन नसके आम्दानी र ऋण भुक्तानी क्षमतामा असर पर्न सक्ने जोखिम रहेको छ।

सोल पावरले नेपाल विद्युत् प्राधिकरणसँग १०० मेगावाट विद्युत् बिक्रीका लागि २५ वर्षको ‘टेक अर पे’ आधारमा विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ। उत्पादित विद्युत्को भारित औसत दर प्रतिकिलोवाट घण्टा ५ रुपैयाँ ४२ पैसा तोकिएको छ।

बलियो प्रवर्द्धक, अनुभवी व्यवस्थापन, दीर्घकालीन पीपीए र नवीकरणीय ऊर्जा क्षेत्रको सकारात्मक सम्भावनालाई कम्पनीको सकारात्मक पक्षका रूपमा लिइएको छ। भने ब्याजदर, मौसम, प्रविधि तथा परियोजना निर्माणमा हुने ढिलाइलाई प्रमुख जोखिमका रूपमा औंल्याइएको छ।

२०८३ भाद्र ७, आईतवार २०:०२ प्रकाशित
ट्रेन्डिङ समाचार