काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका राकेशकुमार रावललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
नेपाल एयरलाइन्समार्फत विदेश जाने तयारीमा रहेका रावललाई बिहीबार बिहान विमानस्थलमा गरिएको जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जाँचबुझ गर्दा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको खुलेपछि नियन्त्रणमा लिइएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
२०८३ भाद्र ४, बिहीबार १७:४१ प्रकाशित


