झापा । गत आर्थिक वर्ष २०८२/८३ मा काँकरभिट्टा स्थलमार्ग हुँदै ९ हजार ४४७ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार दैनिक औसत २६ जना विदेशी पर्यटक यो नाका प्रयोग गरेका हुन्।
भारतीय नागरिकको तथ्याङ्क यसमा समावेश गरिएको छैन। सबैभन्दा धेरै ४ हजार ९९४ जना भुटानी र २ हजार १५२ जना अमेरिकी पर्यटक नेपाल आएका छन्। पुस महिनामा सबैभन्दा बढी १ हजार ८५० र भदौमा सबैभन्दा कम २१६ जना पर्यटक भित्रिएका कार्यालयले जनाएको छ।
२०८३ श्रावण १२, मंगलवार १०:२३ प्रकाशित

