काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र वार्ताका क्रममा भएको दुर्व्यवहारको विरोध गर्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
संघले घाइते डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न तथा पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ। आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने संघले जनाएको छ।

२०८३ श्रावण १२, मंगलवार १०:१० प्रकाशित

