काठमाडौं । रुकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ४:३० बजे ५.० म्याग्निट्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुमपूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने समाचार तयार पार्दासम्म प्राप्त भएको छैन।
२०८३ श्रावण ३, आईतवार १८:३२ प्रकाशित

