आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

 

मौसम पूर्वानुमानअनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

२०८३ असार २०, शनिबार ०७:२६ प्रकाशित
ट्रेन्डिङ समाचार