मौलापुरका प्रमुख प्रशासकीय अधिकृत ९० दिनदेखि अनुपस्थित, मन्त्रालयले कारबाही गर्ने चेतावनी


काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरे सरुवा भएको तीन महिना बितिसक्दा पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको आरोप लागेको छ। करिब ९० दिन कार्यकालमा उनी २० दिनभन्दा बढी मात्र कार्यालयमा उपस्थित भएको दाबी स्थानीय सेवाग्राही र जनप्रतिनिधिहरूले गरेका छन्।

स्थानीयले सेवाप्रवाह प्रभावित भएको भन्दै आक्रोश व्यक्त गरेका छन् भने नगरपालिकाले पनि नयाँ प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।

मन्त्रालयका प्रवक्ताले कार्यालयमा उपस्थित नहुने वा जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारबाही गरिने स्पष्ट पारेका छन्। यसैबीच, मेयरले पनि पटक–पटक मन्त्रालयलाई सहजीकरण र हस्तक्षेपका लागि अनुरोध गरे पनि समाधान नआएको गुनासो छ।

घटनाले स्थानीय तहको सेवा प्रवाह र प्रशासनिक सुशासनबारे प्रश्न उठाएको छ।

२०८३ असार १७, बुधबार १५:५३ प्रकाशित
ट्रेन्डिङ समाचार