सदनमा जवाफ दिन मन्त्रीहरूलाई अध्यक्षको निर्देशन


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले बैठकमा उठाएका जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीहरूले सदनमै उपस्थित भएर जवाफ दिन निर्देशन दिएका छन्।

बुधबारको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयमा उठाइएका विषयमा सरकारको स्पष्ट जवाफ आउनुपर्ने भन्दै सबै सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका हुन्। सांसदहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समयमै जवाफ नआएको गुनासोपछि अध्यक्षले सरकारलाई निर्देशन दिएका हुन्।

२०८३ असार १७, बुधबार १५:१६ प्रकाशित
ट्रेन्डिङ समाचार