१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए खुला


काठमाडौं । सरकारले साना तथा मझौला जलविद्युत् आयोजनाको प्रवर्द्धन र लगानी विस्तार गर्ने उद्देश्यले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यस निर्णयले साना तथा मध्यमस्तरका आयोजना विकासमा सहयोग पुग्नेछ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले वास्तविक लगानीकर्तालाई प्रोत्साहन गर्दै जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउने नीति लिइएको बताए।

सरकारले जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई थप सुविधा दिने, ‘टेक अर पे’ मोडेलमा नयाँ पीपीए गर्ने तथा लाइसेन्स कब्जा गर्ने प्रवृत्ति अन्त्य गर्न कडाइ गर्ने जनाएको छ। साथै, ऊर्जा व्यापारमा उदारीकरण गर्दै निजी क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

२०८३ असार ५, शुक्रबार २०:०० प्रकाशित
ट्रेन्डिङ समाचार